काठमाडौँ / काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई कार्यालय प्रवेशमा अवरोध पुर्याएको भन्दै स्पष्टीकरण सोधेका थिए।
पाण्डेको जवाफ चित्तबुझ्दो नलागेपछि गुरागाईंले उनलाई अधिकतम ६ महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेका हुन्।
नगर प्रहरी प्रमुख पद खाली भएपछि एसपी विष्णु जोशीलाई हाललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ। गुरागाईंले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।
महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नभएसम्मका लागि अस्थायी रूपमा निमित्त प्रमुख बनाइएको उनले बताए । जोशी काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत छन् ।