काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका छन्।
बजेट वक्तव्य जारी गर्दै उनले भने, “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालनतर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि ३ अर्ब ५० करोड विनियोजन गरेको छु ।”
अर्थमन्त्री पौडेलले ४ हजार ८५० हेक्टर जमिनमा उन्नत प्रविधि सहित १५ बाली वस्तुको क्षेत्र विकास गरिने बताएका छन् ।
साथै, थप ६ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध सुविधा थप गरिने उनले बताए ।