हिम स्टार उर्जाको आइपिओ आजदेखि निष्कासनमा, अधिकतम कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन ?

हिम स्टार उर्जाको आइपिओ आजदेखि निष्कासनमा, अधिकतम कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन ?

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    हिम स्टार उर्जाको आइपिओ आजदेखि निष्कासनमा, अधिकतम कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौँ / हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आइपिओ जारी गरिसकेको छ ।

    गत जेठ ९ गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

    यसका साथै लगानीकर्ताले मेरा सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आइपिओ निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com