रसुवागढी भन्सार यार्डमा फसेका ९ जनाको सकुशल उद्धार

रसुवागढी भन्सार यार्डमा फसेका ९ जनाको सकुशल उद्धार

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    रसुवागढी भन्सार यार्डमा फसेका ९ जनाको सकुशल उद्धार
    images
    images

    अविरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

    प्रहरीका अनुसार, उद्धार गरिएका मध्ये २ जना नेपाल प्रहरीका जवान रहेका छन् भने बाँकी ७ जना स्थानीय बासिन्दा हुन्। 

    नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ती सबैलाई समयमै उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। हाल उक्त यार्ड क्षेत्रलाई पूर्ण रूपमा खाली गरिसकिएको र थप सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

    उद्धार कार्यका क्रममा कुनै मानवीय क्षति नभएको र परिस्थिति हाललाई नियन्त्रणमा रहेको बताइएको छ। यद्यपि, लगातार वर्षा भइरहेको हुँदा अझै पनि जोखिम कायमै रहेको सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com