जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ : एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्सिङमा बाइक किन्न सकिने

जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ : एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्सिङमा बाइक किन्न सकिने

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • images
    images
    जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ : एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्सिङमा बाइक किन्न सकिने
    images
    images

    जनकपुर / बजाज मोटरसाइकलको जनकपुरका लागि आधिकारिक बिक्रेता ॐ अटोमोबाइल्स प्रालि ले पहिलो पटक जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरिरहेको छ । 

    जेठ ११ गतेदेखि जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाम, धनुषामा आयोजना भइरहको मेला जेठ १६ गतेसम्म  चल्नेछ । मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।

    शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

    ॐ अटोमोबाइल्स प्रा लि को दाबी अनुसार जनकपुरमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्याङ्कन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउनेछन् ।

    यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।

    किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् ।

    जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाममा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।

    यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com