नेपाली बैङ्कको लेखा परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने

नेपाली बैङ्कको लेखा परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • नेपाली बैङ्कको लेखा परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने

    काठमाडौँ / नेपालका १० ठूला वाणिज्य बैङ्कको ऋण पोर्टफोलियो परीक्षणका लागि बङ्गलादेशको ‘हाउलादर युनुस एन्ड कम्पनी’ छनोट भएको छ। राष्ट्र बैङ्कले आयोजना गरेको छनोट प्रक्रियामा उक्त कम्पनी प्राविधिक रूपमा सबैभन्दा योग्य ठहरिएको हो।

    images
    images

    राष्ट्र बैङ्कले विदेशी लेखा परीक्षक कम्पनीहरूलाई आशयपत्र पेश गर्न आह्वान गरेको थियो। सोही क्रममा बङ्गलादेश, भारत, श्रीलङ्कालगायतका विभिन्न देशका छ कम्पनी सर्टलिस्टमा परेका थिए। तीमध्ये ‘हाउलादर युनुस एन्ड कम्पनी’ अन्ततः योग्य ठहरिएर छानिएको हो।

    यसअघि भारतको ‘केपीएमजी एस्युरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालि’ लेखा परीक्षणका लागि प्राविधिक रूपमा योग्य ठहरिएको भए पनि आर्थिक प्रस्ताव अस्वीकृत भएपछि सो प्रक्रिया रद्द गरिएको थियो।

    राष्ट्र बैङ्कले यो परीक्षण अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को सिफारिसअनुसार अघि बढाएको हो। IMF सँगको विस्तारित कर्जा सुविधा अन्तर्गत नेपालले ३९५ मिलियन अमेरिकी डलर सहायता पाउनका लागि प्रमुख १० बैङ्कको ऋण व्यवस्थापन अवस्थाबारे विदेशी अडिटरमार्फत मूल्यांकन गराउनुपर्ने सर्त राखिएको थियो।

    IMF ले नेपाली बैङ्कहरूको खराब कर्जा बढ्दै गएको र पुँजीको कमी देखिएको भन्दै ती संस्थाको निरन्तर अनुगमन गर्न सुझाव दिएको छ। साथै, राष्ट्र बैङ्क ऐनमा संशोधन गरी बाह्य लेखा परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि क्ष्ःँ ले व्यक्त गरेको छ। हालसम्म नेपालले  IMFसँगको विस्तारित कर्जा सुविधाअन्तर्गत चौथो किस्ता समेत प्राप्त गरिसकेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com