नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
    images
    images

    काठमाडौँ / सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । 

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए । 

    आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।

    नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । 

    प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे ­त्रिशूली­ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com