नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनाबारे केके भयो छलफल ?

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनाबारे केके भयो छलफल ?

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनाबारे केके भयो छलफल ?

    काठमाडौँ / नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का अध्यक्ष  अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ । 

    images
    images

    प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन् । 

    उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउँदै नेपाली व्यवसायी ब्राजिलका लगानी कर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए । 

    ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराएका थिए । 

    CNI अध्यक्ष  फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिवद्धता जनाए । 

    दुबै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाए।

    यसै क्रममा, नेपाली प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of Commercial and Business Associations (CACB) को भ्रमण पनि गरेको छ। CACB का सुपरिन्टेन्डेन्ट कार्लोस रेजेन्डे र संस्थागत सल्लाहकार मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। 

    ब्राजिलको परराष्ट्र मन्त्रालयका Minister-Counsellor अल्मिर नसिमेन्तो पनि उक्त भेटमा उपस्थित थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com