औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    images
    images

    आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र  ७५३ वटा पालिकाहरूसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन् ।

    उनले भने, ‘औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने छ । खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र  ७५३ वटा पालिकाहरूसँग खाद्य व्यापार कम्पनीले सम्झौता गरेको छ । ती पालिकामा उत्पादन भएका वस्तुहरूलाई खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले खरिद गर्ने र त्यहाँ जे चिजको  आवश्यकता छ त्यो खाद्य व्यापारले पूरा गर्ने योजनाका साथ काम गरिरहेको छ । अहिले करिब एकसय वटा पालिकाहरूसँग सम्झौता गरिसकिएको छ ।’ 

    साथै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेट आठ अर्ब २० करोडको आसपासमा रहेको बताए । उनले जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरूको सामना गर्न नसकिने बताएका छन् ।

    उनले भने, ‘हामीले चुनौतिहरूलाई अवसरमा बदल्नुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेटको ०.४ प्रतिशत हामीसँग बजेट छ । आठ अर्ब २० करोडको आसपासमा बजेट छ । कुनैबेला नेपालको जिडिपिमा १३ प्रतिशतको योगदान थियो उद्योग क्षेत्रको आज हामी पाँच प्रतिशतको आसपासमा छौं ।  जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरूको सामना गर्न सकिँदैन । त्यसैले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com