‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    ‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा
    images
    images

    काठमाडौँ / दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । सामाजिक कथाबस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथालाई  सजीव ढंगले उजागर गर्न खोजेको छ ।

    निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् । फिल्म रिलिजको पूर्वसन्ध्या अर्थात बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो । 

    प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी र्‘यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो । निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो । 
    सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको  इमान्दार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए । प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com