आईएमई लाइफका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारमा विशेष छुट

आईएमई लाइफका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारमा विशेष छुट

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • आईएमई लाइफका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारमा विशेष छुट

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरूले अब विशेष छुट प्राप्त हुने भएको छ । 

    images
    images

    आईएमई लाइफ र लुम्बिनी केवलकार प्रा.लिबिच बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट दिने सम्झैता भएको हो । 

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बिमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

    उक्त किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बिमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ । 

    साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । 

    भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय