एनएसएलको उपाधि ललितपुर सिटीलाई, पोखरा थण्डर्स २–१ ले पराजित

एनएसएलको उपाधि ललितपुर सिटीलाई, पोखरा थण्डर्स २–१ ले पराजित

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • एनएसएलको उपाधि ललितपुर सिटीलाई, पोखरा थण्डर्स २–१ ले पराजित

    काठमाडौँ / एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी एफसीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको हो। ललितपुरको लगातार दोस्रो पटक उपाधि जितेको हो । 

    images
    images

    ललितपुरको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । ललितपुर गत संस्करणको पनि विजेता हो । ललितपुरका लागि इमो इजेकियलले खेलको ४२ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। 

    त्यसपछि पापा इबु केबेले ७५ औं मिनेटमा दोस्रो गोल थपे। पोखराका चन्दन कुमार दासले ८१ औं मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

    nclee super lig.JPG

    ललितपुर सिटी एफसीका आदित्य शाक्य प्लेयर अफ दी म्याच भएका थिए भने इमो इजेकियल इनर्जेटिक प्लेयर भए । 

    पोखराका सुदील राईले सान्त्वना गोल गरे । इजिकेलले ४२ औँ, सुदीलले ६४ औं मिनेटमा र पापाले ७४ औ मिनेटमा गोल गरेका थिए । 

    खेलको दोस्रो हाफमा दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेल भएको थियो । उपाधिसँगै ललितपुरले ८० लाख तथा उपविजेता पोखराले ३० लाख जितेको छ । 

    news.JPG

    गत संस्करणमा लतितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो । धनगढी भने लगातार दोस्रो फाइनल फाइनल पुगे पनि उपाधि विहीन भएको थियो । यसपालि दोस्रो क्वालिफायरबाट बाहिरियो । 

    धनगढीलाई पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले हराएको थियो । ललितपुर पहिलो पटक अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय