लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • images
    images
    लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो
    images
    images

    सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ ।

    नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

    treeking - namche padmarga.jpg

    उनले भने, ‘बाटो निर्माणका लागि पर्यटन विकास आयोजना अन्तरगत प्रदेशबाट प्राप्त ३३ लाख बजेट छुट्याएको छ । यसपालि ३०० मिटर मात्रै बाटो बन्ने छ भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

    पर्यटकहरुलाई पैदल यात्राको सहजताकोे लागि लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने कार्य भइरहेको छ । सगरमाथा आधार सिबिर जाने बाटोे तोपडाँडामा मजदुरहरुले ढुंगाको सिढि बनाउने काम गर्दैछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com