भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण
    images
    images

    भोजपुर / चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो  पक्की पुल निर्माण भएको छ । 

    पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

     पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् ।  जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com