चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा

चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा
    images
    images

    काठमाडौँ / ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन् । 

    एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो । उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।

    सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् । 

    रयल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com