जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • images
    images
    जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार
    images
    images

    जनकपुर / जनकपुरधाम उप-महानगरपालिका-२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै बिहानदेखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरीबीच झडप भएको हो । 

    प्रहरीले सडक खोल्ने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरू प्रतिरोधमा उत्रेका थिए । सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेका छन् । स्थानीयले प्रहरीमाथी ढुंगामुढासमेत गरेका छन् । 

    सो क्रममा दर्जनौँ स्थानीय र प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाईते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ ।

    अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । गत चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । 

    छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरूलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com