क्यापिटल म्याक्स सेक्युरिटिजको शाखा पोखरामा

क्यापिटल म्याक्स सेक्युरिटिजको शाखा पोखरामा

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    क्यापिटल म्याक्स सेक्युरिटिजको शाखा पोखरामा
    images
    images

    पोखरा / क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको (ब्रोकर नम्बर ६२) को शाखा पोखरामा शाखा विस्तार भएको छ । पोखरामा रहेका ग्राहकहरूलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो ।

    क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो ।

    “हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौँ,” अध्यक्ष श्रेष्ठले भने, “नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।”

    काठमाडौँको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरूमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

    “हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो, उनले भने, “तसर्थ भोलिका दिनमा अझ परिष्कृत सेवा सुविधा लिएर लगानीकर्ता समक्ष आउने छौ ।” 

    विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन् भने आफूले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com