आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन, तालिम तथा सेमिनार सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन, तालिम तथा सेमिनार सम्पन्न

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन, तालिम तथा सेमिनार सम्पन्न
    images
    images

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा AML/CFT तालिम तथा सेमिनार सम्पन्न गरेको छ । 

    कम्पनीले बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा उच्च व्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरू, विभागीय प्रमुखहरू, तथा बाग्मति प्रदेशअन्तर्गत काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरू समेतको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो । 

    उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा AML/CFTको बारेमा विस्तृत रूपमा जानकारी गराए । 

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसैगरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरूलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रूपमा पालना गरी अगाडि बढ्न निर्देशन दिए । 

    सोही अवसरमा उनले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीहरूलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्न निर्देशनसमेत दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com