लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ह्याकाथन आयोजना गर्ने

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ह्याकाथन आयोजना गर्ने

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • images
    images
    लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ह्याकाथन आयोजना गर्ने
    images
    images

    लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले पुष २७ देखि २९ गतेसम्म ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ। विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउण्डेशन मैतिदेविमा हुनेछ। 

    संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन्। कार्यक्रमका दौरान विभिन्न अनुभवी परामर्शदाताहरूले सहभागी विद्यार्थीलाई मार्गदर्शन गर्नेछन् ।

    सहभागी टिमहरूले आफ्नो प्रोजेक्ट जुरी सामु प्रस्तुत गर्नेछन् । नयाँ प्रोजेक्ट, त्यसको सम्भाव्यता, प्रभाव र एस.डी.जी.सँगको सम्बन्धका आधारमा प्रोजेक्ट मुल्याङ्कन हुनेछ ।

    फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले ह्याकाथन विद्यार्थीहरूको नेतृत्व विकासका लागि उत्कृष्ट अवसर भएको बताए । 

    कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत नवप्रवर्तनात्मक समाधान विकास गर्नुका साथै जीवन उपयोगी सीप सिक्ने उल्लेख गरे।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुरस्कार समेत पाउने छन् ।  ह्याक भनेको क्र्याक र म्याराथन भनेको दौडनु हो । ह्याक र म्याराथन मिलेर ह्याकाथन बनेको हो । 

    मानिसको दैनिक जीवनमा अनेकन समस्या आउँछन् । कसरी समस्या समाधान गर्ने भन्ने चिन्ता मानिसलाई हुन्छ । ती समस्यालाई कम्प्युटरमा एप बनाएर वा सफ्टवेयरको माध्यमबाट दैनिक जीवनलाई सहज बनाउनेलाई ह्याकाथन भनिन्छ ।

    कम्प्युटर, एप, सफ्टवेयरको माध्यमबाट मानिसको समस्यालाई समाधान गर्नु हो । मानिसको समस्यालाई ह्याक गरेर निश्चित समयमा समाधान निकाल्नु हो । ह्याकाथन भनेको कम्प्युटरले ब्रेनको काम गर्नु हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com