आठ महिनामा २२ सय बढीले हिमाल चढ्दा सरकारले उठायो ८.५९ करोड बढी राजस्व

आठ महिनामा २२ सय बढीले हिमाल चढ्दा सरकारले उठायो ८.५९ करोड बढी राजस्व

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • images
    images
    आठ महिनामा २२ सय बढीले हिमाल चढ्दा सरकारले उठायो ८.५९ करोड बढी राजस्व
    images
    images

    काठमाडौँ / हिमाल आरोहणबाट सरकारले ८ महिनामा ८.५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको हो । 

    विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व सङ्कलन गरेको छ । सन् २०२३ मा भने यो रकम  ७.८५ करोड मात्र थियो । आरोहण अनुमतिको सङ्ख्या १ सय ६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।

    कुल आरोही सङ्ख्या २ हजार २ सय ४५ रहेको छ, जसमा ३०१ महिला र १ हजार ९ सय ४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । 

    मृतकहरूको शव काठमाडौँ ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।

    २०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको सङ्ख्या २ हजार ४०७ थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com