प्रतितोला १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • images
    images
    प्रतितोला १२ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज आइतबार सुन–चाँदीको मूल्य घटेको छ । 

    शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

    आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा काराबोर भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com