शिल्पीमा भोलिदेखि नाटक ‘सोरठी’ मञ्चन हुँदै

शिल्पीमा भोलिदेखि नाटक ‘सोरठी’ मञ्चन हुँदै

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • शिल्पीमा भोलिदेखि नाटक ‘सोरठी’ मञ्चन हुँदै
    तस्बिर : संगीता थापामगर

    काठमाडौँ / बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भोलिदेखि नाटक ‘सोरठी’ मञ्चन हुने भएको छ । मगर समुदायको कथामा आधारित उक्त नाटक भदौ ७ देखि ३० गतेसम्म चल्नेछ ।  

    प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ लेखक सञ्जय काउछा मगरले लेखेका हुन् । यो नाटकको नाट्य रूपान्तरणसमेत लेखकले नै गरेका छन् । नाटकको परिकल्पना र निर्देशन नाट्यकर्मी संगीता थापामगरले गरेकी छन् । यो उनको डेब्यु निर्देशन हो। 

    काउछा क्रियसनको प्रस्तुति र बिम्व आर्ट्सको सहकार्यमा निर्माण भएको नाटकमा कलाकार कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्वम मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवारको अभिनय रहेको छ।

    नाटकको निर्माता यम ल्हायो मगर र प्रमोद खड्का हुन्। भदौ ३० सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन मंगलबारबाहेक साझ ५ः३० बजे तथा शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com