images
Logo
images

बिस्तारै राम्रै मुनाफा दिने भएपछि बढ्यो बंगुरपालनतर्फ किसानको आकर्षण

बिस्तारै राम्रै मुनाफा दिने भएपछि बढ्यो बंगुरपालनतर्फ किसानको आकर्षण

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • बिस्तारै राम्रै मुनाफा दिने भएपछि बढ्यो बंगुरपालनतर्फ किसानको आकर्षण

    भोजपुर / जिल्लाका पशुपलक किसान बंगुरपालनतर्फ आकर्षित भएका छन्।व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।

    images
    images

    भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बंगुरबाट व्यावसायिक रूपमा सुरु गरेको बंगुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन भएको जानकारी दिए।

    किसान सुवेदीले पालेका बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित छन्। सबै खर्च कटाएर वार्षिक पाँच लाख आम्दानी हुने गरेको उनले बताए।

    स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए। उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन्।

    स्थानीय जातका बंगुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर एक सयदेखि १८० किलोसम्म हुने गरेको छ।

    सुवेदीले बंगुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन्। उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए।

    स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन्।  

    यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बंगुरपालन सुरु गर्नुभएको छ । उहाँले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय