एक बर्षमा राष्ट्रिय बीमा कम्पनीले कमायो ६२ करोड ७३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?

एक बर्षमा राष्ट्रिय बीमा कम्पनीले कमायो ६२ करोड ७३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    एक बर्षमा राष्ट्रिय बीमा कम्पनीले कमायो ६२ करोड ७३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    बीमा कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १८.८० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १३.२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    यस्तै, २०८१ असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ३५ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.०५ प्रतिशतले घटेको छ।

    यता, शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड २७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४७ करोड २४ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा ३ अर्ब ५ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४० करोड ९७ लाख रुपैयाँ थियो। 

    त्यसैगरी, अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १३ अर्ब ९ करोड ८२ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३२.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस २८९.७३ रुपैयाँ थियो। पीई रेसियो ५७.३४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६३२.१० रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com