एनजीओद्वारा बढ्दो वायु मालवाहक प्रदूषणको निन्दा

एनजीओद्वारा बढ्दो वायु मालवाहक प्रदूषणको निन्दा

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • एनजीओद्वारा बढ्दो वायु मालवाहक प्रदूषणको निन्दा

    एक वातावरणीय दबाब समूहले बुधबार हवाई माल ढुवानी उद्योगको बढ्दो उत्सर्जनको निन्दा गरेको छ । यो विश्वव्यापी आपूर्ति शृङ्खला कठिनाइ र बढ्दो अनलाइन वाणिज्यले बढेको छ ।

    images
    images

    युएस–क्यानेडियन समूह स्ट्यान्ड अर्थका अनुसार सन् २०१९ यता हवाई माल ढुवानी क्षेत्रबाट हुने प्रदूषण २५ प्रतिशतले बढेको छ ।

    समूहको प्रतिवेदनमा कोभिड–१९ महामारीले यात्रा प्रतिबन्ध र आपूर्ति शृङ्खला अवरोधका कारण भएको बजार विकृतिले हवाई माल ढुवानी क्षेत्रलाई बढावा दिएको उल्लेख छ ।

    “कोभिड–१९ महामारीभन्दा पहिले तार्किकरूपमा नाश हुने सामानहरू, समय–संवेदनशील डेलिभरी र विलासिता वस्तुहरू हवाई माल ढुवानीमाथि हावी थिए”, प्रतिवेदनमा भनिएको छ ।

    महामारीले उद्योगहरूलाई विभिन्न प्रकारका सामानहरू ढुवानी गर्न हवाई माल ढुवानीमा सार्न बाध्य तुल्यायो ।

    अमेरिकी वाणिज्य विभागको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा अनलाइन व्यापार व्यापकरूपमा बढेको छ । यो सन् २०१९ मा चार सय २१ खर्ब डलरबाट बढेर सन् २०२३ मा चार सय ३६ खर्ब डलर पुगेको छ।

    समूहले आफ्नो प्रतिवेदनमा विशेष हवाई माल ढुवानी फर्महरूलाई लक्षित गर्दा तिनीहरूले बजारको आधा हिस्सा मात्र ओगटेको र बाँकी हिस्सा वाणिज्यिक एयरलाइन्सहरूले यात्रु उडानहरूमा लिएको बताएको छ । 

    वायुसेवा व्यापार सङ्घ आइएटीएका अनुसार सन् २०१९ को तुलनामा सात दशमलव छ प्रतिशतले बढेर यो वर्ष छ करोड २० लाख टन हवाई माल ढुवानी हुने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com