नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सद्वारा सेवा शुभारम्भ

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सद्वारा सेवा शुभारम्भ

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सद्वारा सेवा शुभारम्भ

    काठमाडौँ / प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा.लि.ले आजदेखि नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ ।

    images
    images

    स्वयम्भू ठुलोभ¥याङ, काठमाडौँमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौँडा, पोखरा, ईटहरी र धनगढीमा शाखा कार्यालयहरूसहित १५ स्थानबाट सेवाको सुरूवात गर्दैछ, जसले गर्दा नेपालभर प्रभावकारी सेवा पुग्नेछ ।

    सारथीले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लीट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्स लगायतका सेवा प्रदान गर्छ । ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिंग, रियल–टाइम ट्र्याकिङ र पारदर्शी सेवा प्राप्त गर्न सक्नेछन् ।

    “नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो,” सारथीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने भन्छन्, “हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।”

    अनुभवी व्यवस्थापन टिम जसमा १५ बर्ष ढुवानी पेशाकर्मीहरू, आईटी विज्ञ र सिएद्वारा सञ्चालन हुने सारथीले अबदेखि नेपालभर सस्तो, भरपर्दो र प्रविधिमैत्री ढुवानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com