राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

चालू आवमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अहिल्यैदेखि तयारी सुरु

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

    काठमाडौँ / यसवर्ष राजस्व सङ्कलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।

    images
    images

    गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसअघि आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    सरकारले आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । 

    संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व सङ्कलन भएको बताए । उनले भने,“तयारी सुरु गरिसकेका छौँ । चालू आवमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ ।” 

    चालू आवमा १३ खर्ब १५‍ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य छ ।  आव २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व सङ्कलन भएको थियो । 

    त्यसैगरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com