सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य, १५ प्रतिशतसम्म छुट पाइने

सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य, १५ प्रतिशतसम्म छुट पाइने

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य, १५ प्रतिशतसम्म छुट पाइने

    सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

    images
    images

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५००/  सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु ७५०/  सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 
    यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुने जनाएको छ ।

    यसका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै गरिरहेको छ । 

    छुटको विस्तृत विवरण बैंकको https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  
    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com