सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार

सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार

    उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १०  भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ । 

    images
    images

    नादिर उद्धार जहाज सञ्चालन गर्ने जर्मन सहायता समूह रेस्युो सिपले डुबेको काठको डुङ्गाबाट ५१ जनालाई उद्धार गरेको र जहाजबाट अन्य १० जनाको शव फेला पारेको बताएको छ। 

    “चालकदलले डुङ्गाबाट निकालिएका ५१ जनाको “हेरचाह“ गरिरहेका थिए। १०  जनाको उद्धारका लागि भने धेरै ढिलो भइसकेको थियो । उद्धार गरिएका मध्ये दुईजना बेहोस अवस्थामा थिए“, सामाजिक सञ्जाल एक्समार्फत रेस्युिलसिपले जानकारी गरायो  ।

    युरो न्यूजका अनुसार उत्तर अफ्रिका नजिकैको दक्षिणी इटालियन टापु मानव तस्करीको लागि लक्षित प्रसिद्ध गन्तव्य हो जहाँ गत वर्ष एक लाख २७ हजार  आप्रवासीहरू आइपुगेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com