कांग्रेसका सरकारमा जान्छ कि विपक्षमा बस्छ ? यसो भन्छन् राहुल गान्धी

कांग्रेसका सरकारमा जान्छ कि विपक्षमा बस्छ ? यसो भन्छन् राहुल गान्धी

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • कांग्रेसका सरकारमा जान्छ कि विपक्षमा बस्छ ? यसो भन्छन् राहुल गान्धी

    कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले सरकार बनाउन पहल गर्ने वा नगर्ने विषयमा भोलि निर्णय गर्ने बताएका छन्।  मंगलबार पत्रकार सम्मेलनमा विपक्षमा रही पार्टीलाई बलियो बनाउने कि सरकारमा जाने भन्ने विषयमा भोलिसम्म निर्णय हुने बताएका हुन् । 

    images
    images

    उनका अनुसार कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनसँग छलफल गरेर निर्णय मात्र लिइने छ।

    “हामी अहिले गठबन्धनमा छौँ,” राहुलले पत्रकार सम्मेलनमा जबाफ दिँदै भने, “चुनावअघि नै इन्डिया गठबन्धनसँग ५ तारिखमा बैठक बस्ने निर्णय भएको थियो। त्यसैले भोलि नै निर्णय हुन्छ।”

    राहुल गान्धी वायनाड र रायबरेली दुवैबाट उम्मेदवार थिए। विशेष कुरा के छ भने उनले दुवै संसदीय सिटबाट ठूलो हात पारेका छन् । 

    रायबरेलीमा राहुल गान्धी चार लाखभन्दा बढी मतले विजयी भएका छन् । 

    योसँगै उनले वायनाडबाट पनि ठूलो जित हासिल गरेका छन् । अब स्थिति यस्तो बन्दै गएको छ कि राहुल गान्धीले आफ्नो एउटा सिट त्याग्नुपर्नेछ । या त उनी रायबरेलीबाट सांसद बनेर बस्नु पर्नेछ वा वायनाडबाटै संसदमा पुग्नेछ । पत्रकार सम्मेलनमा उनलाई सोही प्रश्न सोध्दा राहुल गान्धीले त्यसको जवाफ दिए ।

    “म रायबरेली र वायनाडका मतदाताहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भने, “दुवै सिटमा त बस्न सक्दिनँ तर कुन सिट राख्ने सोच्छु।” रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहसँग गान्धीले प्रतिस्पर्धा गरेका थिए। 

    सिंहले सन् २०१९ मा सोनिया गान्धीविरूद्ध चुनाव लडेका थिए। सोनियाले सन् २००४ देखि २०१९ सम्म जित हासिल गर्दै आएकी थिइन्। त्यस्तै, वायानडमा उनले भाजपाका के सुरेन्द्रनविरूद्ध प्रतिस्पर्धा गरेका थिए। यसअघि यहाँ राहुलले नै चुनाव जितेका थिए।

    सन् २०१९ मा यस क्षेत्रसँगै अमेठीमा पनि चुनाव लडेका थिए। तर उनी भाजपाकी स्मृति इरानीसँग हारेका थिए। उक्त क्षेत्रमा अहिले इरानी कंग्रेस उम्मेदवार किशोरी लालसँग हारेकी छन्।

    सात चरणमा लोक सभाका लागि खसेको मत मंगलबार गणना भइरहेको छ।

    अहिलेसम्म भाजपा नेतृत्वको एनडिएले ७१, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ४१ र अन्य दलले ५ सिटमा जितिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाँकी क्षेत्रमा मतगणना जारी छ। 

    लोक सभामा ५४३ सिट छ भने सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com