होटल संघ नेपालद्वारा चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने

होटल संघ नेपालद्वारा चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • images
    images
    होटल संघ नेपालद्वारा चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने
    images
    images

    काठमाडौँ / होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा यही जेठ १९ देखि २५ गतेसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

     कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोली चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    कोभिडपछि चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको क्रममा नेपाली प्रतिनिधिमण्डलले प्रतिष्ठित चिनियाँ ट्राभल तथा टूर अपरेटरहरुसँग गर्ने बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने होटल संघ नेपालको अपेक्षा छ । 

    बेइजिङ र छेन्दुमा होटल संघ नेपाल र समकक्षी चाइना होटल संघ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न संघ संस्थाबीच तालिम, प्रशिक्षणका साथै दुईपक्षीय पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ ।

    उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालय तथा नेपालको पर्यटन सम्बन्धी प्रस्तुतिकरण नेपाल पर्यटन बोर्डबाट हुने पनि होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले बताएका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com