आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुन आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय