कोशी प्रदेशसभा बैठकः  विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस

कोशी प्रदेशसभा बैठकः  विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • images
    images
    कोशी प्रदेशसभा बैठकः  विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस
    images
    images
    विराटनगर  / कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । 
     
    कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए । 
     
    उनले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताए । 
     
    मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिए । 
     
    उनले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयनलाई बनाउने भने । 
     
    उनले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताए ।
     
    विशेष समय
     
    बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री पदबाट हटेका १८ दिन बित्दा पनि पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण नगरेकामा गुनासो व्यक्त गरे । 
     
    उनले पूर्वमुख्यमन्त्री काठमाडौँ भैँसेपाटीस्थितका मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि साँचो अहिलेसम्म नदिएकाले लोकतन्त्रलाई बलियो बनाउन र राजनीतिकलाई स्वच्छ बनाउन यस्तो प्रवृत्ति नदेखाउन आग्रह गरे । 
     
    उनले प्रदेशका पूर्वप्रमुख न्यायाधिवक्ता रुपेश कोइराला र मुख्यमन्त्री सचिवालयका कर्मचारी विष्णु खनालले गरेको क्रियाकलाप प्रदेशसभाको सर्वोच्चतालाई अपमान गरेकाले कारबाही हुनुपर्ने भने । 
     
    शून्य समय
     
    बैठकमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, गीतादेवी रेग्मी, गोपाल विश्वकर्मा, तिलचन पाठक, रामदेव यादव र रोहित कार्कीले मुलुकको समसामयिक विषयमा बोल्नु भएको थियो । आजको बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com