‘पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशङ्का’

‘पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशङ्का’

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • ‘पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशङ्का’

    पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले आइतबार सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । 

    images
    images

    प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

    ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाउन हुनसक्ने बताउनुभयो । 

    एङ्गा प्रान्तको विपद क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

    पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे भीषण पहिरो गएको थियो ।

    पपुवा न्यूगिनीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एङ्गा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    “हताहत हुनेको सङ्ख्या एकीन हुन बाँकी छ, तर प्रारम्भिक रिपोर्टले मृतकको सङ्ख्या अत्यधिक हुन सक्ने सङ्केत गरेको छ । खोजी तथा उद्धारकार्य जारी छ, यद्यपि निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुङ्गाले यी प्रयासहरूलाई प्रभावित गरिरहेको छ,” राष्ट्रसङ्घीय कार्यालयका प्रवक्ताले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com