न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • न्यूजिल्याण्डबाट विश्वका १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

    सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड) को तथ्याङ्कले देखाएको छ । 

    images
    images

    न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताउनुभयो ।

    न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि परिमाणको आधारमा अझै पनि दूधको निर्यात चीनमा नै धेरै रहेको पाइएको छ ।

    सन् २००८ को तुलनामा अप्रिलमा सकिएको न्यजिल्याण्डको आर्थिक बर्षको अन्त्यसम्मको एक बर्षको अवधिमा चीन पठाइएको पाउडर दूधको निर्यात मूल्यमा ९८७ प्रतिशत वृद्धि भएको थियो भने सोही अवधिमा मूल्यको परिमाणमा एक हजार चार प्रतिशतले वृद्धि भएको स्टाट एनजेडले उल्लेख गरेको छ । 

    अप्रिलमा अन्त्य भएको न्युजिल्याण्डको पछिल्लो आर्थिक वर्षभरी ३० प्रतिशत पाउडर दूध चीन पठाइएको विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताउनुभयो । 

    सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको एलेनले बताउनुभयो । 

    गत आर्थिक बर्षमा पाउडर दूध निर्यातको मूल्य ९.७ अर्ब न्युजिल्याण्ड डलर (५.९१ अर्ब अमेरिकी डलर) रहेको थियो । यो न्यूजिल्याण्डको निर्यातको कुल मूल्यको १४ प्रतिशत हो । पाउडर दूध न्युजिल्याण्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको स्टाट्स एनजेडको तथ्याङ्कले पुष्टि गरेको छ । 

    अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डको वार्षिक पाउडर दूध निर्यात औसतमा प्रति वर्ष १.८ किलोग्रामले वृद्धि भएको छ भने मूल्य १०९ प्रतिशत बढेको छ । त्यस्तै निर्यात दूधको मात्रामा ११२ प्रतिशतले वृद्धि भएको छ । 

    स्टाट एनजेडको तथ्याङ्क अनुसार सन् २०२३ को अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको थियो ।  न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको एलेनले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com