सिटिजन्स बैङ्कद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

सिटिजन्स बैङ्कद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • सिटिजन्स बैङ्कद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान
     
    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग प्रदान गरेको छ । 
     
    सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरूमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस बैङ्कले बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमकाबिच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरेको हो । 
     
    अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरूलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भएको हुँदा अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस् भन्ने हेतुले बैङ्कले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरिएको बैङ्कले जनाएको छ । 
     
    बैङ्कको यस कार्यबाट सेवाग्राहीहरूलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमि आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवद्र्धन हुने विश्वास बैङ्कले लिएको छ । 
     
    बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । 
     
    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैङ्किङ्ग इकाइहरूबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 
     
    हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।   
     
     
     
     
     
     
                                                                    
     
                                                                                                    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय