कर्णालीबाट ७९ प्रकारका बहुमूल्य जडिबुटि करिब ३२ सय क्विन्टल निकासी, तर, आफ्नै आयुर्वेद अस्पतालहरु बिरामी

कर्णालीबाट ७९ प्रकारका बहुमूल्य जडिबुटि करिब ३२ सय क्विन्टल निकासी, तर, आफ्नै आयुर्वेद अस्पतालहरु बिरामी

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • images
    images
    कर्णालीबाट ७९ प्रकारका बहुमूल्य जडिबुटि करिब ३२ सय क्विन्टल निकासी, तर, आफ्नै आयुर्वेद अस्पतालहरु बिरामी
    images
    images

    कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । 

    प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ । 

    प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले बताए । 

    “कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ”, उनले भने, “कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।”

    जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । 


    तर, कर्णालीका आयुर्वेद अस्पतालहरु भने आफैं विरामी छन् । पूर्वाधार अभाव त छदैछ, दक्ष जनशक्तिको अभाव पनि छ । यस्तैगरी कतिपय भवनहरु जीर्ण छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन त छन् । औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसान्धन केन्द्रले सेवा पनि दिएको छ । तर, पूर्ण रुपमा कार्य सम्पादन हुन नसक्दा विरामीले उपचार राम्रो पाउन सकेका छैनन् । 

    जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए । 


    निर्देशक कर्णले “यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।” कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com