गोरखा वारियर हेरेपछि कलाकारहरूले भने-  ‘अन्य नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन’

गोरखा वारियर हेरेपछि कलाकारहरूले भने-  ‘अन्य नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन’

बिहिवार, फागुन १० २०८०
बिहिवार, फागुन १० २०८०
  • गोरखा वारियर हेरेपछि कलाकारहरूले भने-  ‘अन्य नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन’

    काठमाडौँ / चलचित्र गोरखा वारियरको प्रिमियर शो भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।

    images
    images

    प्रिमियर शोमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, एमाले नेता शेरधन राई, हिक्मतबहादुर कार्की, राजनीतिक दलका अन्य नेताहरु र कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै कलाकार हरिवंश आचार्यले चलचित्र गोरखा वारियर नेपालीहरुको वीरताको कथा भएको बताए । उनले वीरताको कथा भित्र कति व्यवधान, कति छटपटाहट छ भन्नेकुरालाई चलचित्रमा देखाइएको बताए । उनले गोरखा वारियर अन्य नेपाली फिल्मसँग तुलना गर्न नमिल्ने बताए । 


    कलाकार किरण केसीले गोरखा वारियरले वीर गोरखा कस्तो हो भन्नेकुरालाई देखाएको बताए । उनले देशमा रोजगारी भएको भए र देश सम्पन्न भएको भए अरुकोमा भर्ती गर्न र रोजगारीका लागि जानुपर्ने थिएन भनने सन्देश चलचत्रिले दिएको बताए । 

    त्यस्तै कलाकार सरोज खनालले चलचित्र फरक किसिमको भएको बताए । उनले चलचित्रले देशको इतिहासलाई भावी पुस्तामा बुझाउन मद्दत गर्ने बताए । अभिनेता विजय लामाले ऐतिहासिक विषय समेटिएको चलचित्रमा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

    चलचित्र ‘गोरखा वारियर’ फागुन ११ गते शुक्रवारबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुँदेछ ।  चलचित्रले देशको सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउन कोशिस गरेको छ । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको शाहसिक युद्ध कथालाई प्रश्तुत गरिएको छ ।

    नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर बाङ्देल, कविता आले, सुरज तमू, सुमिन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ । लण्डन सिनेआई प्रोडक्शन र चाम्स इन्टरटेनमेण्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइबा र सुमन राई छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com