आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • images
    images
    आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

    आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com