आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित
    images
    images

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ प्रतिष्ठित ‘एच आरएम नेपाल  कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

    आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन, नेतृत्वदायी जनशक्ति ब्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता  तथा साक्षरताको उत्थानमा  गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानको  रुपमा लिएको बताए ।

    कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मूल्याङ्कन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

    नेपाल राष्ट्र बैङ्ककको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com