नेपालीको विदेश घुम्ने खर्च ६५ प्रतिशत बढ्यो, चार महिनामा सकियो साढे ६२ अर्ब

नेपालीको विदेश घुम्ने खर्च ६५ प्रतिशत बढ्यो, चार महिनामा सकियो साढे ६२ अर्ब

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • images
    images
    नेपालीको विदेश घुम्ने खर्च ६५ प्रतिशत बढ्यो, चार महिनामा सकियो साढे ६२ अर्ब
    images
    images

    काठमाडौँ / नेपालीले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिमा विदेश घुमेरै करिब ६२ अर्ब रकम सिध्याएका छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउनदेखि कात्तिक मसान्तसम्म नेपालीहरूले विदेश घुम्न जाँदा ६१ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन् । यो गत आवको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो खर्च ३७ अर्ब ५४ करोड रुपैयाँ थियो । 

    यस्तै, विदेशमा पढ्न ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा शिक्षातर्फबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको थियो ।

    त्यसैगरी, यो चार महिनाको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै आर्जन भएको छ । यस्तो आम्दानी गत वर्षको चार महिनामा १७ अर्ब ४९ करोड रुपैयाँ थियो । यस्तै, तथ्यांकअनुसार चालू वर्षमा खुद सेवा आय समेत २८ अर्ब रुपैयाँले घाटामा छ ।

    यद्यपि, यो गत वर्षको तुलनामा सुधारात्मक हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २६ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com