कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द गर्ने

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द गर्ने

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द गर्ने
    images
    images

    कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताएका छन् ।

    कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताए । नोम पेनले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ ।

    “कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भनेका छन्। 

    “त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७० प्रतिशत नवीकरणीय उर्जा उत्पादन गर्नु हो । यसका लागि ७०० मेगावाटको बोटम साकोर प्लान्ट कोह कोङ प्रान्तको दक्षिणपश्चिम तटमा रहेको संरक्षित आरक्षमा जमिनमा निर्माण गर्ने योजना बनाइएको थियो ।”

    रोटानाकले भने, “यसलाई रद्द गर्ने घोषणा प्रधानमन्त्रीले सोही क्षेत्रमा जलविद्युत बाँधको शिलान्यास समारोहमा गर्नुहुनेछ, र कोप २८ छलफलमा देशहरूलाई सन्देश पठाउने उद्देश्य राखिएको छ।” 

    कम्बोडियाले यसअघि नयाँ कोइला प्लान्ट विकास नगर्ने प्रतिबद्धता जनाएको थियो, यद्यपि यसले बोटम साकोर सुविधा र देशको उत्तरमा अर्कोसहित विद्यमान योजनाहरूप्रति प्रतिबद्ध रहेको बताएको थियो ।

    ग्लोबल इनर्जी मोनिटरको कोइला प्लान्ट ट्र्याकरका अनुसार दुई युनिटको बोटम साकोर प्लान्ट सन् २०२५ को आसपासमा अनलाइनमा आउने तयारी थियो ।

    डिसेम्बर २०२१ मा, कम्बोडियाले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो कार्यदिशा प्रकाशित गरेको थियो ।

    कम्बोडियाको विद्युत प्राधिकरणका अनुसार सन् २०२२ मा कोइलाले कम्बोडियाको कुल विद्युतको ३५.५ प्रतिशत उत्पादन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com