होटल संघले रैथाने खाना प्रवर्द्धन गर्ने, विदेशी पहुनालाई दशैँ परिकार खुवाइने

होटल संघले रैथाने खाना प्रवर्द्धन गर्ने, विदेशी पहुनालाई दशैँ परिकार खुवाइने

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • होटल संघले रैथाने खाना प्रवर्द्धन गर्ने, विदेशी पहुनालाई दशैँ परिकार खुवाइने

    काठमाडौँ / दशैँको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ । दशैँको बिदामा कतिपय रेस्टुरेन्टहरू समेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकोले होटलहरूले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरूलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरूले जनाएका छन् ।

    images
    images

    उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ । पर्यटकहरूले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुची राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

     होटल संघ नेपालको सो किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलहरू खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाडौँका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दशैँको चाडपर्वमा घर परिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने पकवान आफ्ना ग्राहकहरू माझ पस्कने छन् भने यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी रहने होटल संघ नेपालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय