आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?
    images
    images

    काठमाडौँ / आशा लघुवित्त वित्तीय संस्थाले १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १ लाख ३० हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको हो । 

    उक्त शेयरमा ईच्छुक कम्पनी तथा व्यक्तिले शेयर खरिद आवेदन दिन पाउनेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    यसअघि संस्थाले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि आवेदन खुला गरेको हो।

    उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। आवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com