नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा हुन्छ आँप खेती, तीन हजार हेक्टरमा स्याउ खेती

नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा हुन्छ आँप खेती, तीन हजार हेक्टरमा स्याउ खेती

शुक्रवार, भदौ २२ २०८०
शुक्रवार, भदौ २२ २०८०
  • नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा हुन्छ आँप खेती, तीन हजार हेक्टरमा स्याउ खेती

    काठमाडौँ / नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको छ । ‘कृषि गणना २०७८’ अनुसार एक लाख ४५ हजार हेक्टर क्षेत्रफलमा फलफुल खेती हुने गरेको छ ।

    images
    images

    त्यसमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा आँप खेती हुने गरेको पाइएको हो । फलफुल उत्पादन हुने कुल जग्गामध्ये १९ हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको तथ्यांक कार्यालयले जनाएको छ । 

    बगैंचाको रूपमा बढी आँप खेती हुने मधेस प्रदेशको सिरहा जिल्ला रहेको छ । नेपालमा ६ हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको छ । 

    गण्डकी प्रदेशको स्याङ्जामा सुन्तला खेती बढी हुने गरेको छ । ७.९ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ । यस्तै, स्याउ तीन हजार १०० हेक्टर, कागती दुई हजार ८०० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय