बिरगञ्ज / टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि बिरगञ्जमा सुरु भएको टाटा इभि अटो शो आज सकिदैछ । भदौ ६ गतेदेखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा आयोजना हुने अटो शो आज सकिने भएको हो ।
अटो शोमा टाटाका नवीनतम विद्युतीय मोडलहरू ऋगचखख।भख, ल्भहयल प्घ।भख, एगलअज।भख र त्ष्बनय।भख प्रदर्शनीमा राखिएका छन्। साथै, आगन्तुकहरूलाई विशेष अफरसमेत उपलब्ध गराइएको छ, जसमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालु, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसन र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा समावेश छन्।
प्रदर्शनीमा अटोमोबाइल हेर्ने मात्र नभई रमाइलो गतिविधिहरू पनि भइरहेका छन् । फूड स्टल, मनोरञ्जनात्मक कार्यक्रम र फन गेम्समार्फत आगन्तुकलाई आकर्षक अनुभव दिलाउने तयारी गरिएको आयोजकले जनाएको छ।
सिप्रदी ट्रेडिङ र प्राइम अटो ट्रेडर्सका अनुसार, यो अटो शोले बिरगञ्ज र आसपासका ग्राहकलाई विद्युतीय मोबिलिटीको प्रत्यक्ष अनुभव दिलाउने र टाटा ईभी मोडलबारे विस्तृत जानकारी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।