काठमाडौँ / द ब्रिटिस कलेजले आगामी अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। यसपटक पहिलोपटक प्रतियोगितामा दुई अलग–अलग डिभिजन समावेश गरिएको छ, जसमा + २ र स्नातक तहका कलेजहरू प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा २ डिभिजन अन्तर्गत नाइटिङ्गेल, चेल्सी, डीएभी, एलआरआई, भृस्पति, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल, क्यास्पियन, काष्ठमण्डप, मनास्लु कलेज लगायतका टोली सहभागी हुनेछन्। स्नातक डिभिजनमा विरिन्ची, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज, द वेस्टमिनिस्टर कलेज ९त्ध्ऋ०, थेम्स, सफ्टवेयरिका, एपेक्स, हेराल्ड, टेकस्पायर, नाथएम, प्रेसिडेन्सियल, एलए, नागार्जुन, एआईएमएस, ट्रिनिटी, वेदस, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज लगायतका टोली प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ।
यस प्रतियोगितामा Empire Education and Visa Services (Title Sponsor), Babu Adventure (Adventure Partner), Godavari Village Resort (Hospitality Partner), QFX Cinemas (Entertainment Partner), Hilife Foods (Nutrition Partner), Inside Sports (Supporting Partner) र Honor (Smartphone Partner) रहेका छन्।
ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले प्रतियोगिताको छैटौं संस्करण आयोजना गर्न पाउँदा आफूहरू निकै उत्साहित रहेको बताए। उनले भने, “यसपटक + २ डिभिजन थप गरेर हामीले थप विद्यार्थीहरूलाई सहभागिताको अवसर दिएका छौँ। प्रतियोगितालाई अझै परिष्कृत गर्दै लगेका छौँ र यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद छ।”