कृषिगणना २०७८ : नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा लगाइन्छ खाद्यान्न बाली

कृषिगणना २०७८ : नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा लगाइन्छ खाद्यान्न बाली

बिहिवार, भदौ २१ २०८०
बिहिवार, भदौ २१ २०८०
  • कृषिगणना २०७८ : नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा लगाइन्छ खाद्यान्न बाली

    काठमाडौँ / कृषिगणना २०७८ ले नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली हुने देखाएको छ ।

    images
    images

    राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘कृषिगणना २०७८’ मा उक्त कुरा देखाइएको हो ।

    कृषिगणना २०७८ अनुसार नेपालमा २५ लाख ८६ हजार १८३ हेक्टर जग्गामा खाद्यान्न बाली लगाइएको छ ।

    अन्य बालीहरूमा क्रमशः कोसेरदाल बाली एक लाख ९९ हजार ८४४.८ हेक्टर, तेल बाली एक लाख ८० हजार १४१.१ हेक्टर, तरकारी बाली एक लाख सात हजार ७३३.८ हेक्टर जग्गमा लगाइने गरेको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै, कन्दमुल बाली एक लाख चार हजार ७३७.८ हेक्टर, मसला बाली ५६ हजार ८९३.५ हेक्टर र नगदे बाली ४४ हजार ६०९.३ हेक्टर जग्गामा रहेको छ ।

    कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७.७ हेक्टर, मकै बाली पाँच लाख ५९ हजार ९०९.३ हेक्टर र गहुँ बाली लागेको क्षेत्रफल ६ लाख ५४ हजार १९४.३ हेक्टर देखिन्छ ।

    स्थायी बालीमा बगैंचाको रूपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७८१.७ हेक्टर, केराको क्षेत्रफल सात हजार ८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ हजार ५४५.३ हेक्टर, कागतीको क्षेत्रफल दुई हजार ८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८०.२ हेक्टर रहेको छ ।

    “यी सबै फलफूल बालीहरूको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ,” कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

    वि.सं. २०१८ सालदेखि हरेक दश दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साबिकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय