एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ : कृषिमन्त्री भुसाल

एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ : कृषिमन्त्री भुसाल

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ : कृषिमन्त्री  भुसाल

    काठमाडौँ / कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिष्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन्।

    images
    images

    आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको रहेको बताए।

    उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन नसकेको पनि बताए। ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिंचाई हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिंचाई हुने अवस्था रहेको बताउँदै सिंचाईको समस्या समाधान गर्नु नै पहिलो काम रहेको उनले बताए। 

    यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको बताउनु भयो ।

    ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो। वास्तवमा अहिले हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिष्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको हो। अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन सकेको छैन,’ मन्त्री भुसालले भने, ‘४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिंचाई हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ। ती समस्याको क्रमशः समाधान गर्दै जानुपर्छ। यस वर्ष नै हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर सुरु गरेका छौँ।’

    कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताए।

    कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताए।उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रुपमा सकि नसकेको उल्लेख गरे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय