काठमाडौँ / सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।
आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । यता, चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । यसअघि प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको भाउ आज १ हजार ३५५ रुपैयाँ कायम भएको हो ।